काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर २ सय ७० जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ७ हजार ८२९ पीसीआर परिक्षणबाट २४२ र २ हजार ६१७ एन्टीजेन विधिबाट २८ गरी कुल २७० जनामा संक्रमण पुष्टी भएको छ। थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
२४ घण्टामा थप १ लाख ९६ हजार ८५३ जनाले कोरोना भाईरस बिरुद्द खोप लगाएका मन्त्रालयले जनाएको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार २८७ रहेको छ ।