काठमाडौँ- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले बार्षिक प्रणाली अन्तर्गतको स्नातकोत्तर तह प्रथम बर्षको नतिजा प्रकाशित गरेको छ।
त्रिविले २०७६ माघमा लिएको मानविकी तथा समाजशास्त्र संकायको समाजशास्त्र/मानवशास्त्र बिषयको प्रथम बर्षको नतिजा प्रकाशन गरेको हो ।
नतिजा हेर्न त्रि.वि. परीक्षा नियन्त्रण कार्यालयको वेवसाइट www.tuexam.edu.np मा गएर आफ्नो संकाय र बर्ष छानेर परीक्षाको सिम्बोल नम्बर राखेर हेर्न सकिन्छ । साथै अर्को प्राप्तांक सहित रिजल्ट थाहा पाउन MA स्पेस सिम्बोल नम्बर लेखी ३३६२४ मा मेसेज पठाउन सकिन्छ ।






