३.२२ अंकले घट्यो नेप्से, कारोबार रकम पनि ३ अर्बमा सिमित

काठमाडौँ- साताको अन्तिम दिन बिहिबार नेप्से परिसुचक ३.२२ अंकले घटेको  छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज शेयर बजार ०.१२ प्रतिशतले घटेर  २७३१.७८ विन्दुमा पुगेर बन्द भएको हो । सेन्सेटिभ इन्डेक्स भने   ०.०९ अंकले घटेर ५१५.६५ विन्दुमा पुगेको छ ।

कारोबारको आधारमा सम्वृद्धि फाईनान्स कम्पनी लिमिटेडको शेयर मुल्य ९.२७ प्रतिशतले बढेको छ   सबै भन्दा धेरै गुमाउनेमा मानुषी लघुवित्त वित्तीय संस्था रहेको छ । जसको शेयर मुल्यमा ६.९३ प्रतिशतको गिरावट आएको छ ।

आज ३ अर्ब ७८ करोड ९७ लाख ९ हजार ३३० रुपैयाँ बराबरको कारोबार भएको छ । सर्वाधिक रकमको शेयर कारोबार नेपाल दुरसंचार कम्पनि लिमिटेडको भएको छ । उक्त कम्पनीको रू २६ करोड ५७ लाख माथिको शेयर कारोबार भएको छ ।

आज  बैंक, होटेल र पर्यटन र अन्य समूह बाहेक सबै समुहको परिसूचक घटेका छन्। सवैभन्दा बढी ट्रेडिङ्ग समूहको परिसूचक १.४४ प्रतिशतले घटेको छ ।

तपाईको प्रतिक्रिया