काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को रजिष्ट्रेशन आवेदन फारम खुला गरिएको छ। बोर्डले शैक्षिक सत्र २०७८/७९ मा कक्षा ११ मा भर्ना भएका बिधार्थीहरुको रजिष्ट्रेशन फारम खुल्ला भएको हो ।
फारम आगामी पुस २१ गतेसम्म बिलम्ब शुल्क बाहेकको रकम तिरी भर्न सकिने र पौष मसान्तसम्म बिलम्ब शुल्क तिरेर भर्न सकिने बोर्डले जनाएको छ।






