दोहोरो अंकले घट्यो नेप्से, १४ कम्पनीका शेयर मूल्य केहि बढे

काठमाडौँ- मंगलबार नेप्से परिसुचक ३२.३१ अंकले घटेको  छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज शेयर बजार १.१७ प्रतिशतले घटेर  २७३३.१४ विन्दुमा पुगेर बन्द भएको हो । सेन्सेटिभ इन्डेक्स पनि  ३.९८ अंकले घटेर ५१५.४८ विन्दुमा पुगेको छ ।

आज १४ कम्पनीको शेयर मूल्य केहि प्रतिशत बढेका छन् । अरु कम्पनीका शेयर मूल्य घटेका छन् । कारोबारको आधारमा मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।  सबै भन्दा धेरै गुमाउनेमा आई.सी.एफ.सी फाईनान्स रहेको छ । जसको शेयर मुल्यमा ५.८४ प्रतिशतको गिरावट आएको छ ।

आज ४ अर्ब १६ करोड ५८ लाख ९६ हजार ५७७ रुपैयाँ बराबरको कारोबार भएको छ । सर्वाधिक रकमको शेयर कारोबार नेपाल दुरसंचार कम्पनि लिमिटेडको भएको छ । उक्त कम्पनीको रू ४१ करोड ५७ लाख माथिको शेयर कारोबार भएको छ ।

मंगलबार अन्य समूह बाहेक सबै समुहको परिसूचक घटेका छन्। सवैभन्दा बढी फाईनान्स समूहको परिसूचक ३.४० प्रतिशतले घटेको छ ।

तपाईको प्रतिक्रिया