काठमाडौँ- सर्वोच्च अदालतको पूर्ण बैठकले मुद्दाको पेसी अब गोला प्रक्रियाबाट तोक्ने निर्णयले बैधता पाएको छ।
गत बिहीबार प्रधानन्यायाधीश बिना सर्वोच्चका १८ न्यायाधीशको पूर्ण बैठकले गोलाप्रथाबाट पेसी तोक्ने कार्यविधि पारित गरेका थिए । पछी मात्र प्रधानन्यायाधिशले हस्ताक्षर गरेका थिए। उक्त निर्णय सहितको सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ सोमबार राजपत्रमा प्रकाशित भएको छ । राजपत्रमा प्रकाशित भए संगै यसले बैधता पाएको छ ।
अहिलेसम्म प्रधानन्यायाधीशले नै दैनिक पेसी तोक्ने ब्यबस्था थियो । यो संगै अब प्रधानन्यायाधीशको अधिकार कटौती भएको छ । यो अधिकार पेसी व्यवस्थापन निर्देशन समितिलाई तोकिएको छ ।
संसोधित नियमावलीमा भनिएको छ ‘अदालतमा दर्ता भएको मुद्दाको सुनुवाईका लागी इजलासको गठन र पेसी सुची निर्धारण गोला प्रक्रियाद्वारा हुनेछ । ‘
पूर्ण पाठको लागि यहाँ क्लिक गर्नुहोस् : सर्वोच्च अदालत दोश्रो संशोधन नियमावली २०७८





