फेसबुक र इन्स्ट्राग्राम मार्फत नाबालिकाको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ

काठमाडौँ- प्रहरी प्रधान कार्यालय, साईबर ब्युरोले  फेसबुक र इन्स्ट्राग्राम मार्फत नाबालिकाको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नं १२ भोटे बहाल बस्ने  २० बर्षीय लव खड्की रहेका छन् । उनले नाबालक र युवतीहरुलाई सामाजिक संजाल फेसबुक र इन्स्ट्राग्राममा साथी बनाई, डर, धम्कि देखाई नग्न, तस्बिर तथा भिडियो पठाउन लगाई दु:ख दिएको आरोपमा पक्राउ गरिएको प्रवक्ता तथा सूचना अधिकारी नबिन्दा अर्यालले जानकारी दिएका हुन् ।

खड्गीलाई सामाजिक संजालको दुरुपयोग गरेको आरोपमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत जिल्ला अदालत काठमाडौँबाट अनुमतिले पक्राउ पुर्जी लिई मङ्सिर २ गते पक्राउ गरिएको हो। जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया