२ सय ९९ जनामा कोरोना संक्रमण पुष्टी, ६ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर २ सय ९९ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ७ हजार ८६३ पीसीआर परिक्षणबाट २७२ र ३ हजार २८८  एन्टीजेन विधिबाट २७ गरी कुल २९९ जनामा संक्रमण पुष्टी भएको छ। यो संगै पिसीआर परिक्षणबाट कोरोना संक्रमण पुष्टी हुनेको संख्या ८ लाख १८ हजार ३०७ रहेको छ।

२४ घण्टामा थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ४८२९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट २६० जना निको भएका छन्।

नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ६४२ रहेको छ ।

तपाईको प्रतिक्रिया