पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा विप्लवद्वारा भोलि नेपाल बन्दको घोषणा

काठमाडौँ- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा भोलि कार्तिक ३० गते नेपाल बन्दको घोषणा गरेको छ ।

महासचिव विप्लवद्वारा गत २५ गते जारी बिज्ञप्तिमा २५ गते देशव्यापी विरोध प्रदर्शन, २६ गते मशाल जुलुस निकाल्ने, २७ गते दिउँसो १ देखि २ बजे सम्म देशव्यापी प्रदर्शन गर्ने, २८ गते बिहान १० देखि ११ बजेसमम चक्काजाम गर्ने, २९ गते दिउँसो सिट्ठी जुलुस र साँझ मसाल जुलुस गर्ने जनाएको छ ।

यसै बिज्ञप्ति अनुसार भोलि कार्तिक  ३० गते नेपाल बन्द गर्ने कार्यक्रम रहेको छ ।

पुरा बिज्ञप्ति हेर्नुहोस् 

 

तपाईको प्रतिक्रिया