कार्यालय समयमा अनलाइन आवेदन प्रणाली बन्द हुने

काठमाडौँ- यातायत ब्यबस्था बिभागले सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली कार्यालय समयमा बन्द हुने भएको छ ।

‘अनलाइन प्रणालीमा अधिक चापका कारण दैनिक बिहान १० बजे देखि अपरान्ह ५ बजेसम्म आवेदन प्रणाली बन्द हुने’   विभागद्वारा जारी सूचनामा भनिएको छ ।

विभागले प्रणालीमा लोडको ब्यबस्थापनको कार्य सम्पन्न भएपछी अनलाइन प्रणाली यथावत संचालन हुने जनाएको छ ।

तपाईको प्रतिक्रिया