काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ३ सय ९७ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ९ हजार १३४ पीसीआर परिक्षणबाट ३५५ र १ हजार ९३२ एन्टीजेन विधिबाट ४७ गरी कुल ३९७ जनामा संक्रमण पुष्टी भएको छ। यो संगै पिसीआर परिक्षणबाट कोरोना संक्रमण पुष्टी हुनेको संख्या ८ लाख १६ हजार ४१५ रहेको छ।
२४ घण्टामा थप ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ४६९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट ३८९ जना निको भएका छन्। संक्रमण पुष्टी भएका मध्ये निको हुने डर ९७.७ प्रतिशत रहेको छ।
सक्रिय संक्रमितको संख्या ७ हजार ४९८ रहेको छ ।





