३ बर्षे स्नातक तह तेस्रो बर्षको परीक्षा आवेदन फारम भर्ने म्याद थप (सूचनासहित)

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तह तेस्रो बर्षको परीक्षा दिने परीक्षार्थीहरूको लागि परीक्षा आवेदन फारम भर्ने म्याद थप गरेको छ ।

त्रि.वि. ले यस अघि ३ बर्ष स्नातक तह तेस्रो बर्षको शिक्षा शास्त्र संकायको आंशिक र मानविकी तर्फको नियमित, आंशिक तथा प्राईभेट परीक्षा दिने बिधार्थीलाई  २०७८ साल कार्तिक १७ गतेसम्म फारम भर्न आब्हान गरेको थियो । त्यस अवधिमा विदाको समय परेकाले परीक्षार्थी क्याम्पसमा आई नसकेको कारण उक्त सूचनालाई संसोधन गरि २०७८ साल कार्तिक मसान्तसम्म आ–आफ्नो क्याम्पसमा नियमित शुल्कमा फारम भर्न सकिने ब्यबस्था गरेको छ ।

त्रि.वि. ले बुधबार सुचना जारी गर्दै यस अवधिमा पनि फारम भर्न नसक्ने विधार्थीको हकमा कार्तिक मसान्त पश्चात १ हप्तासम्म दोब्बर शुल्क तिरी सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा फारम बुझाउने सकिने जनाएको छ ।

सूचना: सुदीप राज बस्न्यात

तपाईको प्रतिक्रिया