२४ घण्टामा ४ सय ४७ जनामा कोरोना संक्रमण पुष्टी, ७ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ४ सय ४७ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ६ हजार ५७७ पीसीआर परिक्षणबाट ३९५ र ३ हजार ३३६  एन्टीजेन विधिबाट ५२ गरी कुल ४४७ जनामा संक्रमण पुष्टी भएको छ। यो संगै पिसीआर परिक्षणबाट कोरोना संक्रमण पुष्टी हुनेको संख्या ८ लाख १३ हजार ८२८ रहेको छ।

२४ घण्टामा थप  ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ४३४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट ४  सय ३९ जना निको भएका छन्। संक्रमण पुष्टी भएका मध्ये निको हुने डर  ९७.५ प्रतिशत  रहेको छ।

सक्रिय संक्रमितको संख्या ९ हजार १२३ रहेको छ ।

तपाईको प्रतिक्रिया