नेप्सेमा ५.२२ अंकको सुधार, नबिल बैंकको कारोबार रकम १ अर्ब माथि

काठमाडौँ- बुधबार नेप्से ५.२२ अंकले बढेको छ ।

आज शेयर बजार ०.१८ प्रतिशतले बढेर २८४८.८४ विन्दुमा पुगेर बन्द भएको हो । सेन्सेटिभ इन्डेक्स भने ०.५२ अंकले घटेर ५३०.९० विन्दुमा पुगेको छ ।

बुधबार ६ अर्ब ५५ करोड ३० लाख ५९ हजार १५२ रुपैयाँ बराबरको कारोबार भएको छ । सर्वाधिक रकमको शेयर कारोबार नबिल बैंक लिमिटेडको भएको छ । उक्त कम्पनीको रू १ अर्ब १७ करोड ९७ लाख माथिको शेयर कारोबार भएको छ ।

बजार बन्द हुने समयमा सर्वाधिक शेयर मूल्य बढ्नेमा  महालक्ष्मी विकास बैंक रहेको छ। महालक्ष्मीको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर ८०३ रुपयाँमा कारोबार भएको हो ।

आज धेरै गुमाउनेमा छ्याङ्दि हाईड्रो पावर रहेको छ । जसको शेयर मुल्य ५.५९ प्रतिशतले घटेर अन्तिम मूल्य रू४९० कायम भएको हो ।

तपाईको प्रतिक्रिया