काठमाडौँ- प्रधानमन्त्री शेर बहादुर देउवा जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुन बेलायतमा रहँदा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणले सम्हाल्ने भएका छन् ।
प्रधानमन्त्री देउवा कात्तिक १२ गते शुक्रबार बेलायततर्फ प्रस्थान गरेका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यबाट जारी बिज्ञप्तिमा प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा खाँणले सम्हाल्ने कुरा उल्लेख गरिएको छ ।
प्रधानमन्त्री देउवा यही कात्तिक १८ गते स्वदेश फर्किने कार्यक्रम छ।





