मध्य भोटेकोशीको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ- मध्य भोटेकोशी जलविद्युत् कम्पनि लिमिटेडको साधारण सेयर (आईपीओ) आज शुक्रबार बाँडफाँड भएको छ । कम्पनिले  सर्वसाधारणलाई असोज २० गते देखि २५ गते सम्म आवेदन दिन आब्हान गरेको थियो।

कम्पनीले रु १०० अंकितका दरले कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। जसबाट पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि ६० लाख कित्ता शेयर निष्कासन गरिसकेको छ भने बाँकी ९० लाख  कित्ताका लागि  सर्वसाधारणले आवेदन दिन सक्ने ब्यबस्था गरेको थियो।

स्वीकृत भएका २२ लाख ९४ हजार ४९६ आवेदन मध्ये गोलाप्रथाबाट ८ लाख १९ हजार आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँड भएको छ ।

यसरी हेनुहोस् रिजल्ट:

मध्य भोटेकोशीको आइपिओको नतिजा मेरो शेयरको वेबसाइटमा अपलोड भईसकेको छ ।

आफ्नो BOID नम्बर राखेर https://iporesult.cdsc.com.np/  वेबसाइटबाट हेर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया