काठमाडौँ- त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तह चौथो बर्षको परीक्षा दिने सबै परीक्षार्थीहरूको लागि परीक्षा आवेदन फारम भर्ने म्याद थप गरेको छ ।
त्रि.वि. ले यस अघि २०७८ साल कार्तिक १० गतेसम्म फारम भर्न आब्हान गरेको थियो । त्यस अवधिमा दशैं विदाको समयमा परीक्षार्थी क्याम्पसमा आई नसकेको कारण उक्त सूचनालाई संसोधन गरि २०७८ साल कार्तिक ११ देखि १७ गतेसम्म आ–आफ्नो क्याम्पसमा नियमित शुल्कमा फारम भर्न सकिने ब्यबस्था गरेको छ ।
यस अवधिमा पनि फारम भर्न नसक्ने विधार्थीको हकमा कार्तिक २५ गते देखि दोब्बर शुल्क तिरी फारम भर्न सकिने जनाएको छ ।






