पारस शाहसंगको भेटपछी भारतमणिले लेखे: ‘उहाँ सारै रमाइलो साथी जस्तै हुनुहुदो रहेछ’

काठमाडौँ-  कमेडी च्याम्पियन–२’ का विजेता भरतमणि पौडेल र पुर्वयुवराज पारस शाह बीच भेट भएको छ ।

प्रतियोगिताको सेमी फाईनलमा भारत मणिले पारस शाहको नक्कल गरेका थिए । उक्त शोमा पौडेलको प्रस्तुति सबैले मन पराएका थिए।

पौडेलले मंगलबार दुईबीच भेट भएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखेका छन् “नमस्ते ! एकदमै खुसी छु केही दिन अघि पुर्वयुबराज पारस शाह सङ्ग भेट्घाट गर्ने अवसर मिल्यो , लगभग १ घन्टाको बसाइमा रमाइलो गफगाफ भयो । उहाको शुभचिन्तक थिए भेटघाट पछि झन ठूलो प्रसंशक भए , साच्चैनै भन्नेनै हो भने उहाँ सारै रमाइलो साथी जस्तै हुनुहुदो रहेछ यो अवसर मिलाइदिनु हुने मुनेन्द्र सरलाइ धेरै धेरै धन्यवाद ।”

तपाईको प्रतिक्रिया