काठमाडौँ- बैंक अफ काठमाण्डू लिमिटेड (BOKL) ले आफ्ना शेयरधनीहरूका लागि शेयर र नगद लाभांश प्रस्ताव गरेको छ ।
बैंकको कार्तिक ८ गते सोमबार बसेको २०६ औं सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले आर्थिक बर्ष २०७७/०७८ को वित्तीय विवरण अनुसारको संचित मुनाफाबाट १० प्रतिशतका दरले हुने ९६ करोड ५८ लाख १७ हजार ६४२ रुपयाँ बराबर शेयर लाभांश र लाभांशमा लाग्ने कर समेत गरी ४ प्रतिशत नगद लाभांश ३८ करोड ६३ लाख २७ हजार रुपयाँ वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त लाभांश राष्ट्र बैंकको अन्तिम स्वीकृति तथा बैंकको आगामी साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरूले पाउनेछन् ।