काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमणका कारण देशभर १३ जनाको मृत्यु भएको छ भने ७ सय ७६ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ८ हजार २४८ पीसीआर परिक्षणबाट ६७३ र २ हजार ५८० एन्टीजेन विधिबाट १०३ गरी कुल ७ सय ७६ जनामा संक्रमण पुष्टी भएको छ। यो बृद्दि संगै नेपालमा पिसीआर परिक्षणबाट कोरोना संक्रमण पुष्टी हुनेको संख्या ८ लाख ९ हजार ७२९ रहेको छ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट ५ सय १ जना निको भएका छन्। संक्रमण पुष्टी भएका मध्ये ९७.३ प्रतिशत अर्थात् ७ लाख ८८ हजार ८ जना संक्रमण मुक्त भएका छन् ।
सक्रिय संक्रमितको संख्या १० हजार ३६० रहेको छ ।





