बाढीपहिरो अपडेट: मृत्यु हुनेको संख्या १११ पुग्यो, ३३ बेपत्ता, ३२ जना घाईते

काठमाडौँ- विगत १ साता देखिको भारी वर्षाका कारण आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १११ पुगेको छ । ३३ जना अझै बेपत्ता रहेका छन्  भने ३२ घाईते भएका छन् ।

राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले शनिबार बिहानसम्म देशका  विभिन्न ठाउँमा बाढीपहिरो र डुवानमा परी प्रदेश न. १ मा ६६ सहित  मृत्यु हुनेको संख्या १११ पुगेको बताएको छ।

केन्द्रका अनुसार बाढीपहिरोमा परी सबै भन्दा धेरै प्रदेश न. १ को पाँचथर जिल्लामा मृत्यु हुनेको संख्या ३० रहेको छ । प्रदेश न. १ मा मृतकको संख्या ६६, बेपत्ता ९ र घाईते हुनेको संख्या १८ रहेको छ ।

त्यस्तै, प्रदेश नम्बर २ को सप्तरी जिल्लामा बाढीपहिरोको कारण १ जना बेपत्ता रहेको बताईएको छ। बागमती प्रदेशको सिन्धुली जिल्लामा  १ जनाको मृत्यु भएको छ ।

साथै, कर्णाली प्रदेशमा ८ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएको छन् । सुदुर पश्चिम प्रदेशमा मृत्यु हुनेको संख्या ३४ रहेको छ । यहाँ २० जना अझै बेपत्ता रहेका छन् ।

 

 

तपाईको प्रतिक्रिया