सामलिङ्ग पावरको आईपीओ भोलिदेखि सर्वसाधारणलाई बिक्रि खुल्ला, कति कित्ता दिने आवेदन?

काठमाडौँ-  सामलिङ्ग पावर कम्पनीलेको साधारण सेयर (आईपीओ) मा  भोलि अर्थात् ४ कात्तिकदेखि सर्बसाधारणलाई बिक्रि खुला गर्ने भएको छ । कम्पनीको आईपीओमा कार्तिक ८ गते सम्म आवेदन दिने सकिने छ ।

कम्पनीले रु १०० अंकितका दरले ७ लाख ३० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । जस मध्ये १४ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि र  ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएर बाँकी ६ लाख ७८ हजार ९०० कित्ता शेयरको लागि मात्रै सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

कति कित्ता दिने आवेदन?

सर्वसाधारणले  न्यूनतम १० कित्ता देखि अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।  धितोपत्र निस्काशन तथा बाडँफाँड निर्देशिका अनुसार सबैलाई सुरुमा दश-दश कित्ता दिनुपर्छ । तर यस कम्पनीले सर्वसाधारणलाई जम्मा ६ लाख ७८ हजार ५०० कित्ता शेयर निष्काशन गरेको छ । निष्काशन कित्ता भन्दा आईपीओमा धेरै गुणा आवेदन माग हुने गरेको देखिंदा यस कम्पनिको आईपीओमा दश कित्ता मात्र आवेदन दिँदा ठीक हुन्छ।

 

तपाईको प्रतिक्रिया