मंगलबार नेप्सेमा ७७.३३ अंकको उच्च गिरावट

काठमाडौँ-  साताको तेस्रो दिन मंगलबार पनि नेप्से परिसूचक ७७.३३ अंकले घटेको छ।

आज शेयर बजार २.९९ प्रतिशतले घटेर २५१० .७३ विन्दुमा पुगेर बन्द भएको हो । सेन्सेटिभ इन्डेक्स पनि १३ .२८ अंकले घटेर ४७१.९८ विन्दुमा झरेको छ ।

बजार बन्द हुने समयसम्म  केहि लघुवित्तका शेयर मूल्य केहि बढेका छन्। आज सर्वाधिक शेयरमूल्य बढ्नेमा महुली सामुदायिक लघुवित्त वित्तीय संस्था रहेको छ। आशा लघुवित्तको  शेयरमूल्य सर्वाधिक ४.४९ प्रतिशतले बढेर १९२० रुपयाँमा कारोबार भएको हो ।

आज धेरै गुमाउनेमा  नेपाल हाईड्रो देभल्पर्स  रहेको छ । जसको शेयर मुल्य ९.७७ प्रतिशतले घटेर अन्तिम मूल्य रू ३३८ कायम भएको हो ।

आज जम्मा ३ अर्ब ७८ करोड ३४ लाख २२  हजार ९५५ रुपैयाँ बराबरको कारोबार भएको छ । सर्वाधिक रकमको शेयर कारोबार नबिल बैंकको भएको छ । उक्त कम्पनीको रू. ११  करोड १३ लाख माथिको शेयर कारोबार भएको छ ।

आज सबै परिसुचक घटेका छन्। सबै भन्दा बढी फाईनान्सको परिसूचक ५.९ प्रतिशतले घटेको छ ।

तपाईको प्रतिक्रिया