क्यान्सर सम्बन्धी जनचेतना लागि अघि बढेका पाइलाहरू…….

काठमाडौं । क्यान्सर रोग जितेकाहरू अब आफूलाई जस्तो पीडा अरूलाई नहोस् भन्ने चाहन्छन् । हिजो क्यान्सर रोग बारे खुल्न नसकेको समाज आज विस्तारै विस्तारै खुल्दै छ । शहर मात्र हैन गाउँघरतिर पनि क्यान्सर रोगबारेको जनचेतना बढ्दै जान थालेको छ ।

क्यान्सरलाई जितेकाहरू संगठित हुन थालेका छन् । रेजिना मुल्मी क्यान्सर सरभाइभर हुन् । उनी अहिले सबैको प्रेरणाको स्रोत बनेकी छन् । क्यान्सर पछि पनि जीवन सकुशल छ  भन्ने उदाहरण दिन मुल्मी सक्रिय छिन् । एउटा योजना यस्तो बन्यो कि ग्रामिण क्षेत्रमा क्यान्सर सम्बन्धी जनचेतना फैलाउने । यसको पहलकर्ता मुल्मी आफै हुन् । मुल्मीको यो प्रस्ताव पुग्यो, बर्षौदेखि क्यान्सर रोगको जनचेतना फैलाउन अहोरात्र खटिदै आएकी नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरकी सहसंस्थापक स्वरूपा श्रेष्ठसम्म ।

त्यसपछि योजनाले थप सार्थकर्ता पायो । योजना मुताविक ग्रामिण भेगमा पनि क्यान्सर रोग बारेको चेतना फैलाउने विषयमा नेपाल क्यान्सर हस्पिटल, नेपाल क्यान्सर सर्पोट गु्रप, उपचारका लागि सहयोगी हातहरू, रिता बजिमाया फाउण्डेशन, सम्झना ल्याब लगायतका संघ संस्था अगुवाइमा उत्रिए । अनि कार्यक्रम पनि तय भयो । तत् पश्चात विभिन्न संघसस्था सम्मिलित यो टोलीले नगरकोट देउपुर गाउँमा क्यान्सर सम्बन्धी जनचेतना मात्र फैलाएन बालबालिकाको मतिष्कमा समेत सानैबाट क्यान्सर चेतानको विकास होस् भन्ने मान्यता अनुरूप औपचारिक कार्यक्रम गर्यो । यति मात्र जनचेताको कार्यक्रममा देउपुरका स्थानीयवासी र प्रिमिजेज स्कुलका कर्मचारी समेत समेटिए । बालबालिका वाहेकका लागि कार्यक्रम मूलत स्नत क्यान्सरसँग सम्बन्धित थियो ।

फोटो : रोजिना थापा

दशैको पूर्व सन्ध्यामा एकातिर पिंन्क कलरमा गएका संस्थागत प्रतिनिधि, बालबालिका मतिष्ककमा छाडेको छाप र स्थानीय तथा कर्मचारीले पाएको ज्ञानले कार्यक्रमको थप सोभा बढायो । यो त एक नियमित कार्यक्रम मात्र हो, क्यान्सर सम्बन्धी चेतना फैलाउनका लागि नेपाल क्यान्सर हस्पिटल र सम्बद्ध संस्थाहरू अहिले हातेमालो गरेर अघि बढिरहेका छन् भन्दा फरक नर्पला । यसकारण पनि यति भन्न सकिन्छ कि, क्यान्सर सम्बन्धी जनचेचनाका लागि पाइलाहरू अघि बढिरहेका छन् ।

 

 

 

तपाईको प्रतिक्रिया