नैतिकतामा हारेका एमालेका १० नेता

काठमाडौं । भनिन्छ, बरू एक्लै हिड्नु तर गलत व्यक्ति र विषयको पछि नलाग्नु । नेपाली राजनीतिको हकमा इमानदारिताको खडेरी देखिन्छ भने राजनीति गर्ने नेताहरूले लाज पचाउन पनि राम्रैसँग जानेका छन् । कुरा हो एमालेका १० नेताको । पुष ५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि खरो रूपमा उत्रिएका थिए एमालेका नेताहरू, युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भूषाल, गोर्कण विष्ट, योगेश भट्टराई, भीम आर्चाय, सुरेन्द्र पाण्डे, अर्मत बोहोरा र रघुजी पन्त ।

नेकपा छँदा ओलीको तीव्र विरोध गर्दै माधव नेपालको समूहका यी नेता ओलीसँग आत्मसमर्पण नगर्ने बरू विद्रोह गर्ने धम्की दिन्थे । युवराज ज्ञवाली, घनश्याम भूषाल र भीम रावलले त ओलीले माग पूरा नगरे तत्काल नयाँ पार्टी खोल्ने घुर्की पटक–पटक दिएका थिए । तर अन्तिमसम्म माधव नेपाल समूह रहेका यि नेता अन्नत: माग पूरा नहुँदै ओलीको छत्रछायामा पुगे । यति बेलासम्म ओलीले दोस्रो पटक गरेको प्रतिनिधिसभा विघटन पनि पुनस्थापन भइकन कांग्रेस सभापति शेर बहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनिसकेको थियो ।

माधव नेपालको साथ छाडेर ओलीको छत्र छायामा पुगेका यि नेताले पछिल्लो पटक ओलीले आफूले दुवै पटक गरेको प्रतिनिधिसभा विघटन ठीक भन्दा पनि टुलुटुलु हरेर मात्र बसिरहेका छन् । १० बुँदे कार्यान्वयनको कुनै छनक नहुँदा पनि यि १० नेताले अहिले ओलीको विरूद्ध मुख खोल्न सकेका छैनन् । माधव नेपालले एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी गठन गरेपछि उनीहरू अहिले माधव नेपालको विरूद्धमा उत्रिदै आएका छन् । तर ओलीका कदम विरूद्ध बोल्ने न उनीहरूसँग आँट छ न नैतिकता नै । एमालेमा भरोषा गर्न लायक पुस्ता भनेर यि १० नेतालाई चित्रण गर्दै आएपनि यिनीहरूको नैतिक विचलनले यि नेता प्रतिको विश्वास घटेर गएको छ ।

तपाईको प्रतिक्रिया