सांकेतिक शब्दहरुको प्रयोग गरी पाकेटमार गर्ने २०७ जना काठमाडौंबाट पक्राउ

काठमाडौँ- काठमाडौंबाट सांकेतिक शब्दहरुको प्रयोग गरी पाकेटमार तथा विभिन्न घटना तथा चोरीमा संलग्न २०७ जनालाई प्रहरी पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंले सोमबार पत्रकार संलग्न गर्दै पाकेटमारले सांकेतिक भाषाको प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ । उनीहरुले पैसालाई-द , मोवाइल – कान , पुलिस आयो -ठुल्दाई आयो , ड्राइभर -माम , पाकेटमारी सकेको मान्छे – रामे, पैसा धेरै छ-टानको द , पैसा थोरै छ – जुटको द , गाडी – काँचा , केटा – छापा , केटी – भद्री , खलासी -मले , गाडीबाट झरेर भाग – टप्की , गाडीभित्र अगाडि सर – अकल जा , गाडीभित्र पछाडि सर – चिछल जा जस्ता सांकेतिक शब्दहरुको प्रयोग गर्ने गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए ।

एसएसपी सिंहका अनुसार प्रहरीले यातायात व्यवसायहरूको संयुक्त समन्वयमा भाद्र महिनाको २५ गते बाट सुरु गरेको यो अपरेसनबाट २०७ जनालाई नियन्त्रणमा लिएको बताएका छन् ।

जस मध्ये ४६ जना भने पुर्पक्षका लागि जेल चलान भइसकेको बताए ।

प्रहरीका अनुसार सार्वजनिक बसहरूमा दुई–दुई जनाको दरले ६ जनाको समूह बनाएर छिर्ने पाकेटमारहरुले यात्रुलाई ठेलेर घेराबन्दीमा पारेर गोजीबाट पैसा निकाल्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

 

तपाईको प्रतिक्रिया