काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समितिका सदस्य राजकुमार लेखीले बिहिबार लोकतान्त्रिक समाजबादी पार्टी नेपालबाट राजीनामा दिएका छन् ।
उनले नयाँ राजनीतिक यात्रा थालनी गर्ने निर्णय गरेको हुँदा पार्टीको सबै पदबाट राजिनामा गर्दछु भन्दै पार्टीका अध्यक्ष महन्थ ठाकुरसमक्ष राजीनामा बुझाए हुन् ।






