साताको तेस्रो दिन पनि नेप्सेमा भारी गिरावट, कारोबार रकम ५ अर्बमा सिमित

काठमाडौँ-  साताको तेस्रो दिन मंगलबार पनि नेप्से परिसूचक ७०.०१ अंकले घटेको छ।

आज शेयर बजार २.६१ प्रतिशतले घटेर २६१५.४० विन्दुमा पुगेर बन्द भएको हो । सेन्सेटिभ इन्डेक्स पनि ११.४२ अंकले घटेर ४९४.९१ विन्दुमा झरेको छ ।

बजार बन्द हुने समयमा  १० कम्पनिका शेयर  मूल्य केहि बढेको छ । आज सर्वाधिक शेयरमूल्य बढ्नेमा मनकामना स्मार्ट लघुवित्त रहेको छ। मनकामना स्मार्टको  शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेर १,७७३ मा कारोबार भएको हो ।

आज धेरै गुमाउनेमा हिमालयन पावर पार्टनर  र नेपाल हाईड्रो देभलपर्सको शेयर मुल्य १० प्रतिशतले घटेर अन्तिम मूल्य रू ४३७ र ४५९  कायम भएको हो ।

आज जम्मा ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार १७८ रुपैयाँ बराबरको कारोबार भएको छ । सर्वाधिक रकमको शेयर कारोबार कुमारी बैंक लिमिटेडको भएको छ ।  उक्त कम्पनीको रू. १८ करोड ८२ लाख माथिको शेयर कारोबार भएको छ ।

आज सबै परिसुचक घटेका छन् । सबै भन्दा बढी फाईनान्सको परिसूचक ७.३७ प्रतिशतले घटेको छ ।

आज कमाउने कम्पनिहरु:

धेरै गुमाउने मध्ये १० कम्पनिहरु: 

तपाईको प्रतिक्रिया