बैंकिङ कसुरमा ४ दिन कैद र १० लाख ६५ हजार जरिवाना तोकिएका फरार व्यक्ति पक्राउ

काठमाडौँ – प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरोले  बैंकिङ कसूरमा ४ दिन कैद र १० लाख ६५ हजार जरिवाना तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

खोटाङ जन्तेढुंगा गाउँपालिका-३ घर भइ हाल काठमाडौं कपन बालुवाखानी बस्‍दै आएका २६ वर्षीय खगेन्द्र खत्री रहेका छन्  । उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्‍ने जानी जानी झुक्याएर नेपाल ग्लोबल आई.एम.ई बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी पीडितलाई १० लाख ६५ हजार रुपैयाँ बराबरको चेक काटेर दिएको बताएको छ ।

खत्रीलाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा उच्च अदालत पाटनले ४ दिन कैद र १० लाख ६५ हजार ९०० रुपयाँ जरिवाना  सजाय हुने गरी फैसला सुनाएको थियो । कसुरदारलाई आज असोज १२ गते कपनबाट पक्राउ गरी फैशला कार्यान्यनका लागि जिल्ला अदालत काठमाडौँमा बुझाईएको छ ।

 

 

तपाईको प्रतिक्रिया