काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ९ सय ५३ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ७ हजार ५० पीसीआर परिक्षणबाट ७९० र ३ हजार ५२९ एन्टीजेन विधिबाट १६३ गरी कुल ९ सय ५३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।
थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो बृद्दि संगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ८७ पुगको छ।
पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट १ हजार ३७१ जना निको भएका छन्।
देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ७०० रहेको छ ।