काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर १ हजार ४७६ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १० हजार ५७६ पीसीआर परिक्षणबाट १ हजार १०३ र ५ हजार ११५ एन्टीजेन विधिबाट ३७३ गरी कुल १ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।
थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो बृद्दि संगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ८१ पुगको छ।
पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट १ हजार ५१५ जना निको भएका छन्।
देशभर सक्रिय संक्रमितको संख्या २० हजार २८७ रहेको छ ।