साहस उर्जाको आईपीओमा आज देखि आवेदन दिन सकिने, कति दिने आवेदन?

काठमाडौँ- साहस उर्जा लिमिटेडको आईपीओमा आज बुधबारदेखि आवेदन खुल्ला भएको छ । सर्वसाधारणले कम्पनिको आईपीओमा असोज ६ गते देखि १० गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले ७० लाख कित्ता साधारण शेयर निस्काशन गर्न लागेको हो । जस मध्ये ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्टाएर बाँकी ६४ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

लगानीकर्ताले साधारण शेयरका लागि न्यूनतम १० कित्तादेखि १० लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

कति कित्ता आवेदन दिंदा ठिक?

धितोपत्र निस्काशन तथा बाडँफाँड निर्देशिका अनुसार सबैलाई सुरुमा दश-दश कित्ता दिनुपर्छ । तर यस कम्पनीले सर्वसाधारणलाई जम्मा ६४ लाख ४० कित्ता शेयर निष्काशन गरेको छ । निष्काशन कित्ता भन्दा आईपीओमा धेरै गुणा आवेदन माग हुने गरेको देखिंदा यस कम्पनिको आईपीओमा दश कित्ता मात्र आवेदन दिँदा ठीक हुन्छ।

तपाईको प्रतिक्रिया