मानुषी लघुवित्तको आईपीओ सोमबार बाँडफाँड हुने, गोला प्रथाबाट ३६ हजार ८५९ जनाले पाउनेछन् १० कित्ता

काठमाडौँ- मानुषी लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) भोलि सोमबार ८:३० बजे बाँडफाँड हुने भएको छ । संस्थाले सर्वसाधारणलाई साउन २७ गते देखि ३१ गते सम्म आवेदन दिन आब्हान गरेको थियो।

लघुवित्तले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको थियो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि, १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएर  बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणहरूका लागि निष्काशनमा ल्याएको थियो ।

माग भन्दा बढी आवेदन परेकोले नियमानुसार गोला प्रथाबाट भाग्यमानी ३६ हजार ८ सय ५९ जनाले मात्रै १० कित्ता शेयर पाउने छन् भने ३ जनाले थप १/१ गरी ११ कित्ताका दरले पाउने भएका छन् ।

तपाईको प्रतिक्रिया