२४ घण्टामा २ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टी, ३० जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर २ हजार ७५ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ७ हजार ७०३ पीसीआर परिक्षणबाट १ हजार ४२४ र ५ हजार ३७२ एन्टीजेन विधिबाट ६५१ गरी कुल २ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

थप ३० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो बृद्दि संगै नेपालमा मृत्यु हुनेको संख्या १० हजार ४८५ पुगको छ।

 

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट २ हजार ३८२ जना निको भएका छन्।

देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३२१ रहेको छ ।

तपाईको प्रतिक्रिया