स्नातक प्रथम वर्षको परीक्षा स्थगित हुदैनन्: पुष्प राज जोशी

काठमाडौँ- त्रिभुवन विश्वविधालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले स्नातक प्रथम बर्षको बाँकि परीक्षा नरोक्ने भएको छ ।

शनिबार परीक्षा नियन्त्रक पुष्पराज जोशीले सामाजिक संजालमा पोस्ट गर्दै स्वास्थ्य मापदण्ड पालना गर्दै स्नातक तह पहिलो वर्षको मानविकी तथा सामाजिक संकायको बाँकि परीक्षा पूरा गर्ने बताएका छन् ।

त्रि.वि. स्नातक प्रथम बर्षको ब्यबस्थापन संकायको परीक्षा सकिएको छ र बिज्ञान र शिक्षा संकायको परीक्षा भोलि देखि सकिदैछ ।

कोरोना संक्रमण फेरि बढ्न थालेको भन्दै शनिबार राष्ट्रिय परीक्षा बोर्डले भने कक्षा १२ को परीक्षा स्थगित गरेको छ ।

तपाईको प्रतिक्रिया