सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र सीसीएमसीलाई सिफारिस

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड-१९ संकट ब्यबस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरेको छ ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले शुक्रबार ट्वीट गर्दै चार लाख विद्यार्थीको जीवन रक्षाको लागि संवेदनशील भएको भन्दै परीक्षा स्थगित गर्न सिफारिस गरेको जानकारी दिएका हुन् ।

‘कोभिड–१९ संक्रमण फैलदैं गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको जानकारी गराउँछु।’

तपाईको प्रतिक्रिया