विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न तयारी

काठमाडौँ-  सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि कुलमान घिसिङलाई नियुक्ति गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री देउवाले प्राधिकरणको कार्यकारी निर्देशक पदमा घिसिङलाई नियुक्तिको प्रक्रिया अघि बढाउन ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाललाई निर्देशन दिएको जानकारी आएको छ ।

मंगलबार केपी ओली सरकारले झन्डै एक बर्ष अगाडी  नियुक्ति गरेका प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर सहयोग गर्न भुषालले आग्रह गरेको बताएको छ ।

 

तपाईको प्रतिक्रिया