२४ घण्टामा ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टी, २४ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ३ हजार ३८३ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १० हजार ६३८ पीसीआर परिक्षणबाट २ हजार ४४८ र ६ हजार ८० एन्टीजेन विधिबाट ९३५ गरी कुल ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

थप २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो बृद्दि संगै मृत्यु हुनेको संख्या ९ हजार ९२२ पुगको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट १ हजार ९९४ जना निको भएका छन्।

देशभर सक्रिय संक्रमितको संख्या ३२ हजार ५९ रहेको छ ।

तपाईको प्रतिक्रिया