मैलुङ खोलाको आईपीओमा आज देखि आवेदन दिन सकिने, कसरी दिने आवेदन?

काठमाडौँ-  मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा आज देखि आवेदन खुल्ला भएको छ ।  कम्पनिको आईपीओमा साउन १४ गते दखि १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले ७ लाख ३६ हजार २८६ कित्ता साधारण शेयर निस्काशन गर्न लागेको हो । जस मध्ये ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि छुट्टाएर बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता शेयरमा = सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

लगानीकर्ताले साधारण शेयरका लागि न्यूनतम १० कित्तादेखि १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्दार्थ क्यापिटल लिमिटेड रहेको छ।

कति कित्ता आवेदन दिंदा ठिक?

 धितोपत्र निस्काशन तथा बाडँफाँड निर्देशिका अनुसार सबैलाई सुरुमा दश-दश कित्ता दिनुपर्छ । तर यस कम्पनीले सर्वसाधारणलाई जम्मा ६  लाख ८४ हजार ७४६ कित्ता शेयर निष्काशन गरेको छ । निष्काशन कित्ता  भन्दा आईपीओमा धेरै गुणा आवेदन धेरै माग हुने गरेको देखिंदा यस कम्पनिको आईपीओमा दश कित्ता मात्र आवेदन दिँदा ठीक हुन्छ।

कसरी दिने आवेदन?

आईपीओमा आवेदन दिनका लागि मेरो सेयरका लागि युजरनेम र पासवर्ड लिएको खण्डमा मेरो शेयरको मोबाइल एप र वेवसाइट www.meroshare.cdsc.com.np बाट आफैले भर्न सकिने छ ।यदि मेरो सेयरका लागि युजरनेम र पासवर्ड नलिएको खण्डमा सी-अस्बा भएको आफ्नो बैंक खाताको जुनसुकै शाखाबाट आवेदन दिन सकिन्छ।

तपाईको प्रतिक्रिया