३ हजार ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टी, २५ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ३ हजार ४२१ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार२४० पीसीआर परिक्षणबाट २ हजार ३९१ र ३ हजार ३२ एन्टीजेन विधिबाट १ हजार ३०  गरी कुल ३ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

थप २५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट १ हजार ६८६ जना निको भएका छन्।

देशभर सक्रिय संक्रमितको संख्या २७ हजार९०८ रहेको छ ।

तपाईको प्रतिक्रिया