क्यान्सर रोगबारे जनजेतना फैलाउने अभियानमा निरन्तर लाग्नुभएकी स्वरूपा श्रेष्ठको अनुभव

स्वरुपा श्रेष्ठ, एक सामाजिक अभियन्ता हुनुहुन्छ । खास गरी क्यान्सर रोगबारे जनचेतना फैलाउन उहाँको महत्वपूर्ण योगदान छ । एक दशक अघिसम्मको अवस्थामा क्यान्सरका बिरामी खुलेर बाहिर आउने सकेका थिएन्न्, न त नेपालमा क्यान्सर रोगको उपचारका लागि सुविधासम्पन्न अस्पताल नै थिए । दुई बर्ष भारतमा रहँदा नेपालबाट क्यान्सर रोगको उपचारमा जानेहरुको अवस्थाले स्वरुपालाई पिरोल्न थाल्यो । क्यान्सर रोगका बिशेषज्ञ रहेका श्रीमान् संगै त्यहाँ रहनु भनेकी श्रेष्ठलाई नेपालमै क्यान्सर रोगबारे केहि गरौं भन्ने हुटहुटी चल्न थाल्यो । क्यान्सर रोगको उपचारमा भारत आउने कति संग पैसा हुदैन थियो, कत्तिका पैसा चोरी हुन्थो । यस्ता समस्या श्रेष्ठले प्रत्यक्ष देख्न सुन्न पर्यो । आफ्नै श्रीमान् क्यान्सर रोगको चिकित्सक भएपछी दुवैलाई लाग्यो स्वदेशमै केहि गर्नुपर्छ । यहि सोचले स्वरुपा श्रेष्ठ क्यान्सर रोग बारेमा निरन्तर अभियानमा लाग्नुभयो । क्यान्सर भए पनि लुकाएर राख्ने, समयमै उपचार नगर्ने र जटिल अवस्थामा पुगेपछि मात्र अस्पताल जाँदा बाच्ने सम्भावना नै नरहने यस्तो अवस्थालाई चिर्ने सोच स्वरुपामा आयो ।

 

पाठेघर, स्तन क्यान्सर बारेमा महिलाहरु खुलेर बाहिर आउने अवस्था नै थिएन । यस कारण पनि दशक अघिको अवस्थमा क्यान्सरबाट ज्यान गुमाउने संख्या पनि धेरै थियो । भारतबाट नेपाल फर्केपछी स्वरुपा निरन्तर क्यान्सर रोगबारे जनचेतना फैलाउने अभियानमा निरन्तर लाग्नुभयो । आफ्नो टिमसंगै, यस्तैका बीच ललितपूरको हरिसिद्धिमा नेपाल क्यान्सर हस्पिटल एंड रिसर्च सेन्टरको पनि स्थापना भयो । स्वरुपमा श्रेष्ठ यस हस्पिटलको स्थापनाकाल देखि नै सह(संथापक समेत हुनुहुन्छ । निरन्तर अभियान, हस्पिटलको स्थापना र मनिसहरुमा आएको चेतनाको कारण पछिल्लो दिनमा क्यान्सर रोगबारे केहि हदसम्म खुलेर बोल्न थालेका छन् । क्यान्सर रोग उपचारकै लागि अहिले विदेश जानुपर्ने भन्ने मान्यतामा पनि कमि आएको छ । स्वदेशमा सबै प्रकारको क्यान्सर रोगको उपचार गर्ने हस्पिटल समेत स्थापना समेत भएका छन् । अहिलेको अवस्थामा आफुले चाहेका कुरा केहि हदसम्म पुरा हुदै गएको स्वरुपलाई पनि लागेको छ । तर अझै पनि गर्ने भने धेरै बाँकि रहेको उहाँ बताउनु हुन्छ ।

स्कुल जीवन देखिनै समाज सेवामा आवद्द रहनु भएको श्रेष्ठ अहिले श्री दिप हेल्थ एंड वेलनेश प्रा।लि।को अध्यक्ष, उपचारका लागि सहयोगी हातहरु संस्थाको अध्यक्ष, नेपाल क्यान्सर सपोर्ट ग्रुप फण्ड राईजिंङ कमिटिको संयोजक, एशोसिएसन अफ प्राईभेट हेल्थ इन्स्टिच्युशन अफ नेपालको कोषाध्यक्ष रही सेवाभावले काम गर्दै आउनु भएको छ । स्वरुपाकै अग्रसरतामा असहाय एवम् न्यून आय भएका र अफ्ठारोमा परेकाहरुले नयाँ जीवनको अवसर समेत पाएका छन् । क्यान्सर सरभाइभरहरुका लागि प्रेरणा बनेर काम गरिरहनु भएको छ स्वरुपा श्रेष्ठले । आजका दिनमा क्यान्सर रोगबारे चेतना, क्यान्सर जितेकाहरु बाटै भन्ने उदेश्यका साथ उहाँ अघि बढिरहनु भएको छ । यहि मान्यतालाई सार्थक पुल्याउन क्यान्सर जितेकाहरुको र्याम सो प्रस्तुत गरेका थिए । हस्पिटलको सफलता संगै अहिले स्वरुपाको योगदान पनि चर्चा हुने गरेको छ । उहाँको भोलिको सोच भनेको क्यान्सर सम्बन्धी जनचेतना सरभाइभरहरुकै उपस्थितिमा देशब्यापी बनाउने हो ।

तपाईको प्रतिक्रिया