काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ३ हजार १०८ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ८ हजार ८३६ पीसीआर परिक्षणबाट २ हजार २०२ र ४ हजार २९९ एन्टीजेन विधिबाट ९०६ गरी कुल ३ हजार १०८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।
थप २५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो बृद्दि संगै नेपालमा कोरोना भाईरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६०७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट १ हजार ५९५ जना निको भएका छन्।
देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ४१९ रहेको छ ।





