काठमाडौँ- जापान पठाईदिन्छु भन्दै रकम ठगि गर्ने ४ जना जनालाई प्रहरीले पक्राउ गरेको छ।
TANAKAYOKA को नामक फेसवुक प्रयोग गरी फ्रेन्ड रिकोएस्ट पठाई आफू जापानको ईमिगेरेसनमा काम गर्ने जापानको नागरिक हो भनि जापान पठाईदिन्छु भनि रकम उठाउने कार्यमा संलग्न नुवाकोटकि शुभद्रा परियार, इलामकि पुजा राई, सिन्धुपाल्चोकका राजेन्द्र ढकाल र भक्तपुरकि दिपिका के.सी. लाई महानगरीय अपराध महाशाखाको विशेष टोलीले पक्राउ गरेको छ ।
उनीहरुले वोर्किंग भिषा प्रक्रियाको लागि रकम पठाउनुपर्छ भनि प्रलोभनमा पारी बिभिन्न बैंक खातामा ३९ लाख ६८ हजार ९९६ डिपोजिट गर्न लगाई निकाली जापान नपठाई सम्पर्क विहिन भएपछी पीडितहरु महाशाखामा उजुरी गरेका थिए । उनिहरुलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर, काठमाण्डौँ पठाइएको छ ।





