२४ घण्टामा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु, १ हजार ८०१ संक्रमित थपिए

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर १ हजार ८०१ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ६ हजार ६२८ पीसीआर परिक्षणबाट १ हजार २२३ र ३ हजार एन्टीजेन विधिबाट ५७८  गरी कुल १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

थप २३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो  बृद्दि संगै नेपालमा कोरोना भाईरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट १ हजार ६६७ जना निको भएका छन्।

देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ४८५ रहेको छ ।

तपाईको प्रतिक्रिया