काठमाडौँ, त्रिभुवन विश्वविधालयले बार्षिक प्रणाली अनुसार संचालित स्नातक दोस्रो बर्षका बिधार्थीहरुलाई एउटै जिल्ला र उपत्यकाबाट उपत्यकाकै अर्को केन्द्र (सेन्टर)मा परीक्षा केन्द्र परिवर्तन गर्न नपाईने बताएको छ ।
त्रि.वि. ले बैशाख महिनामा संचालित दोस्रो बर्षको परीक्षा कोभिड-१९ का कारण स्थगित भएकोमा २०७८ साउन ५ गते देखि संचालन गर्ने गरी पुन: तालिका सार्वजनिक गरेको थियो । त्यस्तै, गत असार ३० गते सुचना जारी गर्दै परिवर्तित तालिका अनुसार पुर्व निर्धारित परीक्षा केन्द्रमा परीक्षा दिन असमर्थ विधार्थीहरुका लागि साउन ४ गतेसम्म आफुलाई पायक पर्ने जिल्लामा परीक्षा केन्द्र परिवर्तन गर्न सकिने ब्यबस्था गरेको छ।
त्रि.वि. ले यसरी परिवर्तन गर्न कार्य एउटै जिल्ला र उपत्यकाबाट उपत्यकाकै अर्को केन्द्रमा परीक्षा केन्द्र परिवर्तन गर्न नपाईने जानकारी गराएको छ ।






