काठमाडौँ- यूनियन लाइफ इन्स्योरेन्सकोको साधारण सेयर (आईपीओ) को बाँडफाँड आज गर्ने तयारी भएको छ ।
कम्पनीले सर्वसाधारणलाई असार २४ गते देखि २८ गते सम्म आवेदन दिन आब्हान गरेको थियो।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले यूनियन लाइफ इन्स्योरेन्सको आइपीओको प्रि अलटमेन्ट सकिएको र आज नै सांझसम्ममा बाँडफाँड गर्ने तयारी भएको जानकारी आएको छ ।
कम्पनीले ६४ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो। जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरेर बाँकि ५८ लाख ५ हजार कित्ता शेयरमा सर्वसाधारणलाई आवेदन खुल्ला गरेको थियो। जस अनुसार गोला प्रथाबाट ५ लाख ८० हजार ५०० जनाले इन्स्योरेन्सको १० कित्ता शेयर प्राप्त गर्न सक्नेछन्।