महान्यायाधिवक्ता रमेश बडालले दिए पदबाट राजिनामा

काठमाडौँ- महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् ।

सोमबार सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली लाई पदमुक्त गरे संगै बडालले राजिनामा दिएका हुन् । उनले आज मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा पत्र बुझाएका हुन् ।

बडाल २०७७ साल चैत ६ गते बडाल महान्यायाधिवक्ता नियुक्त भएका थिए ।

तपाईको प्रतिक्रिया