जीवन लघुवित्तको आइपिओ बाँडफाँड, यसरी हेर्नुहोस् रिजल्ट

काठमाडौँ-  जीवन विकास लघुवित्तको साधारण सेयर (आईपीओ) को बाँडफाँड बुधबार भएको छ ।

कम्पनीले सर्वसाधारणलाई असार ११ गते देखि १५ गते सम्म आवेदन दिन खुल्ला गरेको थियो।

आइपिओ बाँडफाँड गोला प्रथाबाट १ लाख ८४ हजार ८०१ जनाले मात्रै न्युनतम १० कित्ताका दरले शेयर पाएका छन् र भाग्यमानी ५ जनालाई थप १/१ कित्ताका दरले बाँडफाँड गरिएको हो ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

यसरी हेनुहोस् रिजल्ट:

जीवन विकास लघुवित्तको आइपिओको नतिजा अहिले वेबसाइटमा अपलोड भएको छैन ।

यस अघिको नियम अनुसार केहि समयमा आफ्नो BOID नम्बर राखेर निम्न वेबसाइटबाट हेर्न सकिनेछ ।

https://iporesult.cdsc.com.np/ :मेरो शेयर

https://nmbcl.com.np/shareallotment एनएमबि क्यापिटल लिमिटेड

http://ipo.jeevanbikasmf.com/ जीवन विकास लघुवित्त

कम्पनीले प्रतिकित्ता रु १ सयका दरले कुल १९ लाख ७७ हजार ३ सय कित्ता सर्वसाधारण सेयर निष्कासन गरेको थियो हो। जसमध्ये ३० हजार ४२० कित्ता सेयर कर्मचारीलाई र ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषलाई छुट्याएपछि बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सकिने थियो ।

तपाईको प्रतिक्रिया