जीवन लघुवित्तको आइपिओ शुक्रबारसम्म बाँडफाँड गर्ने तयारी, भाग्यमानी १ लाख ८४ हजार ८०१ जनालाई १० कित्ता

काठमाडौँ-  जीवन विकास लघुवित्तको साधारण सेयर (आईपीओ) को बाँडफाँड यहि सातासम्म बाँडफाँड गर्ने तयारी भएको छ ।

कम्पनीले सर्वसाधारणलाई असार ११ गते देखि १५ गते सम्म आवेदन दिन खुल्ला गरेको थियो।

कम्पनीले प्रतिकित्ता रु १ सयका दरले कुल १९ लाख ७७ हजार ३ सय कित्ता सर्वसाधारण सेयर निष्कासन गरेको थियो हो। जसमध्ये ३० हजार ४२० कित्ता सेयर कर्मचारीलाई र ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषलाई छुट्याएपछि बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सकिने थियो ।

आइपिओ बाँडफाँड गोला प्रथाबाट १ लाख ८४ हजार ८०१ जनाले मात्रै न्युनतम १० कित्ताका दरले शेयर पाउनेछ । जसमा हाल सम्मकै उच्च २० लाख ८४ हजार ७ सय ६२ जनाको आवेदन परेको बताएको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

तपाईको प्रतिक्रिया