त्रि.वि. स्नातक प्रथम बर्षका विद्यार्थीले परिक्षा सम्बन्धी थाहा पाउनुपर्ने सूचना

काठमाडौं । त्रि.विले कोरोना महामारीका कारण एक पटक लागि स्नातक प्रथम बर्षका विद्यार्थीले आफूलाई पायक पर्ने ठाउँबाट परिक्षा दिन सक्ने व्यवस्था गरेको छ । यसको मतबल विद्यार्थी जहाँ भएपनि आफ्ना घर नजिकको परिक्षा केन्द्र रोेजेर त्यहीबाट परिक्षा दिन सक्छन् । दोस्रो लहरमा महामारी देखापर्न थालेपछि विद्यार्थी आफ्नो अस्थायी मुकाम छाडेर घरतर्फ लागेका थिए ।

यही कारण विद्यार्थीलाई फर्किन असहज हुने परिस्थितिलाई मध्यनजर गर्दै त्रि.वि.ले सम्बन्धित जिल्लाकै परिक्षा केन्द्रबाट परिक्षा दिन सकिने व्यवस्था गरेको हो । यो व्यवस्थापछि विद्यार्थी तत्काल टाढा टाढाबाट राजधानी आउनुपर्ने छैन भने अन्य शहरबाट घर गएका विद्यार्थीले आफूलाई सहज हुने परिक्षा केन्द्र रोजेर परिक्षा दिन सक्नेछन् ।

तपाईको प्रतिक्रिया